बैंकर्स संघमा नयाँ नेतृत्व, अध्यक्ष कोइराला सहित निर्विरोध कार्यसमिति चयन


नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघको बुधबार सम्पन्न ३८ औं वार्षिक साधारण सभाले माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

साधारण सभामा अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका तीन जना सदस्यहरुको निर्वाचनको कार्यक्रम रहेकोमा सभाले संघको अध्यक्षमा माछापुछ«े बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको हो । कोइराला यस अघि संघको उपाध्यक्ष थिए ।

संघको उपाध्यक्षमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द« राज रेग्मी पनि निर्विरोध निर्वाचित भएका छन् । साधारण सभाले कार्यकारिणी समितिका तीन जना सदस्यहरुमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत राम चन्द« खनाल, र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयलाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाको निर्णय पश्चात् संघको ९ सदस्यीय कार्यकारिणी समितिको सदस्यमा अशोक शेरचन, प्रभु बैंक, निश्चल राज पाण्डे, सानिमा बैंक, सञ्जिब मानन्धर प्राइम कमर्शियल बैंक, सुन्दर प्रसाद कँडेल, सिद्धार्थ बैंकलाई निरन्तरता दिएको छ ।

निवर्तमान अध्यक्ष सुनिल के.सी. कार्यसमितिको पदेन सदस्यको रुपमा रहने छन् भने पूर्व अध्यक्षहरु अशोक शमसेर राणा र ज्ञानेन्द« प्रसाद ढुङ्गाना कार्यसमितिको सल्लाहकारको रुपमा रहने छन् ।

प्रकाशित मिति: ३ पुस २०८१, बुधबार  १७ : ३६ बजे