गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने


काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

पुस ४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरिने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

प्रकाशित मिति: ५ पुस २०८१, शुक्रबार  १५ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।