रिलायन्स लाइफको आइपीओ बाँडफाँड, नतिजा नोटबजारमा

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले फेसबुक लाइभ मार्फत आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४६४ वटा मात्र आवेदन परेकोमा १ हजार ९५५ वटा आवेदनहरु रद्ध भएका छन । बाँकी ५ लाख ८७ हजार ५०९ आवेदकलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराएको थियो । जसमध्ये ५ लाख ६७ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

रिलायन्स लाइफको आइपीओमा आवेदन गर्ने २० हजार ५०९ आवेदकको हात खाली भएको छ ।

कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता साधारण शेयर मध्ये ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भइसकेको छ । ६३ करोडको आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ ।

रिलायन्स लाइफको १० कित्ता आईपीओ पाउन पनि भाग्यकै भर !

सबै आवेदकले रिलायन्स लाइफको १० कित्ता शेयर पाउलान् ? आइतबारसम्ममा ५ लाख बढी आवेदन

रिलायन्स लाइफको यस्तो छ तीन वर्षको प्रगति

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।