मिथिला लघुवित्तको शेयरमूल्य समायोजन


काठमाडौँ । मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य १५०७ रुपैयाँ २२ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन कम्पनीको शेयर प्रतिकित्ता १७२२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

प्रकाशित मिति: ११ पुस २०८१, बिहिबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।