सुनको भाउ फेरि बढ्न थाल्यो, सोमबार प्रतितोला ३ सय रुपैयाँले बढ्यो

0
Shares

सुनको भाउ बढ्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ ।

सोमबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको भाउ ९७ हजार ५०० रुपैयाँ तोकिएको छ। तेजावी सुनको मूल्य ९७ हजार तथा चाँदीको भाउ प्रतितोला १ हजार ३६५ रुपैयाँ तोकेको छ ।

आइतबार छापावाल सुन ९७ हजार २०० रुपैयाँ, तेजावी सुन ९६ हजार ७०० रुपैयाँ तथा चाँदीको भाउ १ हजार ३४० रुपैयाँ तोकिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ भदौ २०७७, सोमबार  १० : ४५ बजे