फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ४० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर न्यूनतम प्रतिकित्ता मूल्य २८० रुपैयाँ तोकिएको छ । सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । लगानीकर्ताले आज पुस १५ गतेदखि ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाण्डौमा आवेदन दिन सक्ने छन् ।










प्रतिक्रिया