प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालन 


काठमाडौँ । अंग्रेजी नयांँ बर्ष २०२५ को शुरुवात संगै प्रभु बैंक लिमिटेडले बिद्युतीय कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्यूब सञ्चालनमा ल्याएको छ ।
उक्त काउण्टर मार्फत Cash Deposit, Cash Recycling, Cheque Deposit, Statement Printing, ATM  तथा विभिन्न Kiosk मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको छ ।
यस सेवाको शुरुवात सँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ । साथै यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको बैंक जनाएको छ ।

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।