हेटौँडा ह्वीलले हुण्डाई ह्यापी मुभ संग सहकार्य गर्दै ब्लेस्ड बाल गृहलाई डेस्कटप सहयोग गरेको छ । कम्पनीले समाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
कम्पनीले हेटौडाको सृजना पथमा रहेको ब्लेस्ड बालगृहलाई नयाँ डेस्कटप कम्प्युटर प्रदान गरेको छ । यो सहयोग वाल गृहका बालबालिकाको लागि सिकाइ प्रक्रियामा सहयोग बन्ने कम्पनीको अपेक्षा छ । बालबालिकाको डिजिटल चेतना अभिवृद्धि गराउन उक्त कम्प्युटरले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।
हुन्डाई ह्यापी मुभसंगको सहकार्यमा हेटौँडा ह्वील उत्साहित भएको कम्पनीले जनाएको छ । बालबालीका लागि शिक्षा नै उज्वल भविष्यको आधार भएकाले आगामी दिनमा पनि यस्ता कार्यहरू निरन्तर गरिरहने कम्पनीले जनाएको छ ।










प्रतिक्रिया