महुली लघुवित्तको एफपीओ शुक्रबार बाडँफाँड हुने


महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबद्र्धक लक्ष्मी सनराइज क्यापिटल अनुसार एफपीओ शुक्रबार बिहान १० बजे बाडँफाँड गर्ने तयारी गरिएको हो ।

महुली लघुवित्तको एफपीओ मागभन्द बढी आवेदन परेको छ । उच्च आवेदनका कारण एफपीओ गोलाप्रथाबाट बाँडफाँड हुने बिक्री प्रबद्र्धकले जनाएको छ ।

कम्पनीले पुस ५ गतेदेखि ९ गतेसम्म एफपीओको आवेदन खुल्ला गरेको थियो । जसमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ता सेयरका लागि आवेदन दिएको सीडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । जसमा ४७ हजार ५४५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख ११ हजार ३०८ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । कम्पनीका अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन भएको हो ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

प्रकाशित मिति: १८ पुस २०८१, बिहिबार  १३ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।