सुनको भाउ एकैदिन प्रतितोला १२ सय रुपैयाँले बढ्यो


काठमाडौँ । सुनको भाउ एकैदिन प्रतितोला १२ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार १२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६९७।७७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०।६९ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३ माघ २०८१, बिहिबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।