तिनाउ र मिसनको मर्जर पुरा, असार ३१ देखि एकीकृत कारोबार

0
Shares

तिनाउ र मिसन डेभलपमेन्ट बैंकको एक–आपसमा गाभिने प्रक्रिया पुरा भएको छ । यी दुई बैंक मर्ज भएर बन्ने । तिनाउ मिसन डेभलपमेन्ट बैंकले असार ३१ गतेदेखि एकीकृत कारोबार थाल्ने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट तिनाउ र मिसन डेभलपमेन्ट बैंकबीचको मर्जरले अन्तिम स्वीकृति पाएपछि दुवै बैंकको एकीकृत कारोबार सुरु हुन लागेको हो ।

तिनाउ मिसनलाई नेपाल राष्ट्र बैंकले असार १२ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १६ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो । यी दुई बैंकले मर्जर सम्बन्धी सम्झौतामा वैशाख ३० गते हस्ताक्षर गरेका थिए ।

प्रदेश नम्बर ५ अन्तर्गत बुटवलमा मुख्य कार्यालय रहेका यी दुई बैंक एक बराबर एकको शेयर स्वाप अनुपातमा मर्ज भएका हुन् ।

मर्जरपछि बैंकको चुक्ता पूँजी एक अर्ब १४ करोड रुपैयाँ र निक्षेप १० अर्ब १२ करोड र ऋण ८ अर्ब ८३ करोड पुगेको छ ।

मर्जरपछि तिनाउ मिसनको कार्यक्षेत्र ७ जिल्ला पुगेको छ । शाखा कार्यालयको संख्या ३७ पुगेको छ ।

तिनाउ मिसनको अध्यक्षमा मिसन डेभलपमेन्ट बैंकका अध्यक्ष टिकाराम घिमिरेले निरन्तरता पाएका छन् । प्रमुख कार्यकारी अधिकृतमा भने तिनाउ विकास बैंकका प्रदिपकुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा मिसन डेभलपमेण्ट बैंकका हरिप्रसाद घिमिरे रहेका छन् । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय बुटवल ४ स्थित पाल्पारोडमा रहनेछ ।

यता, तिनाउ मिसनले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गर्न लागेको छ । एक्विजिसन सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भइसकेको छ ।