नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ले संस्थापक समूहको १ लाख १० हजार कित्ता शेयर लिलाममा राखेको छ।
शेयरको न्यूनतम मूल्य ७२५ रुपैयाँ तोकिएको छ। संस्थाले असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। सो शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्।
शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन। कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
कात्तिक ६ गते दर्ता भएका बोलपत्रहरु कात्तिक १८ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटलको कार्यालयमा खोलिनेछ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया