कुम्भ मेलामा भागदौड हुँदा कम्तिमा १५ जनाको मृत्यु


काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ ।

भागदौडपछि मानिसका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन् । भक्तजन त्रासमा रहेको बीबीसीले जनाएको छ ।

भागदौडमा कतिजना घाइते भएका छन् र मारिएका छन् भन्ने आधिकारिक जानकारी आइसकेको छैन । यद्यपि, बीबीसीले कम्तिमा १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । अस्पतालमा उपस्थित एक व्यक्तिले भागदौडमा कम्तिमा ३०\४० जना घाइते भएको बताएका छन् । यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ ।

प्रकाशित मिति: १६ माघ २०८१, बुधबार  ०९ : ५० बजे