प्रादेशिक महोत्सव २०८१ भित्र माघ १० गते देखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५, इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण बढेको छ। नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ ।
इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी बिश्वविद्यालयरकलेज, कन्सल्टेसी, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ तथा सिसीटीभी सर्विलेन्श प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशीले बताए।
इन्फोटेकको शीर्ष प्रायोजक आईएनजीस्क्रीन सागरमाथा आईटी ट्रेडर्सले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित एसी लगायतका प्रविधिहरूको विशेष प्रदर्शनी गरिरहेको छ। यी उत्पादनमा इन्फोटेक अवधिभर कम्पनीले अधिकतम १५(२५ प्रतिशतसम्म छुट र १ विद्यालय लाई ७५ इंचको स्मार्ट बोर्ड उपहार दिने घोषणा गरेको छ। त्यस्तै इन्फोटेकको सहप्रायोजक डिजिटल पालिकाले स्थानीय तहलाई सफ्टवेयर खरीदमा ४० प्रतिशत छुट प्रदान गर्ने बताएको छ ।
त्यस्तै उग्रतरा इन्फ़ोसिसले हिकभिजन सीसीटीभी जडान गर्दा फ्री जडानको घोषण गरेको छ । यसमा बिभिन्न प्रविधियुक्त एआई सहितका पैतीस सय मूल्यदेखी एक लाख ५० हजारसम्मका क्यामराहरु रहेका छन । नेपाल टेलिकमले प्रीपेड सिम निःशुल्क बितरण गरेको छ भने नमस्ते वाईफाईको फोरजी नेटवर्क पुगेका ठाउमा वायरलेस इन्टरनेट उपलब्ध गराउनेछ । अर्को इन्टरनेट सेवाप्रदायक भायनेटले विशेष छुटसहित एक वर्षको प्याकेज खरिद गर्दा ३ महीना थप सेवा दिने र अन्य जिन्सी उपहार प्रदान गर्ने बताएको छ।
विभिन्न ब्राण्डका केही कम्पनीहरुले अवलोकनकर्ताका लागि भन्दै प्रदर्शनीको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका छन। छुट धेरै हुने भएकाले केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान महासंघबाँकेका सचिव रमेश क्षेत्रीले जानकारी दिए ।
प्रदर्शनीमा नेपालको नवीनतम सोच (इनोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको सचिव क्षेत्रीको भनाई छ । उनका अनुसार प्राथमिकतामा राखिएकै कारण इनोभेसन र स्टार्टअपहरुलाई निःशुल्क स्टल समेत उपलब्ध गराइएको छ । बुधबार विभिन्न कलेज तथा विद्यालयबाटबाट उल्लेख्य संख्या आएका विद्यार्थीले माहोल थप बढाएको थियो ।
करिब २८ ओटा स्टल सहित सञ्चालन भइरहेको यो प्रदर्शनी माघ २२ सम्म चल्ने छ ।
प्रतिक्रिया