नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएर निर्धारित समय भन्दा सवाँ दुई घण्टा पछाडिसम्म खुलेको शेयर बजारमा सुधार देखिएको छ ।
कारोबार प्रणालीमा समस्या आएपछि बजार खुलेको करिब आधाघण्टा पश्चात कारोबार स्थगित भएको थियो । समस्या समाधान भएपछि २ बजेर १५ मिनेटपश्चात कारोबार सुचारु गरिएको थियो ।
आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.५६ अंकले बढेर एक हजार ५३७.२५ मा पुगेको छ । कूल १९१ वटा कम्पनीको ७१ लाख ७९ हजार ८ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३७ करोड ४१ लाख रुपैयाँको कारोबार भएको भयो।
Market Summary | |
Total Turnover Rs: | 3,374,100,044 |
Total Traded Shares | 7,179,008 |
Total Transactions | 39,610 |
Total Scrips Traded | 191 |
कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको शेयर भने घटेको छ । यसदिन व्यपार वित्त र म्युचुअल फण्डको सूचक घटेको छ भने जीवन बीमा समूहको उच्चदरले बढेको छ।
विशेषगरी वित्तीय प्रणालीमा तरलता प्रशस्त रहेकाले शेयर बजारमा निरन्तर सुधार आएको हो । अन्य क्षेत्रको लगानी संकुचित हुँदा शेयरमा लगानीगर्नेहरु बढेका छन्।
यसदिन रिलायन्स लाइफ इन्स्योरे,ि एनआरएन इन्फ्रास्टक्चर र एनआरएन लघुवित्तको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । राद्यी विद्युत र अरुण भ्याली हाइड्रोको पनि ९ प्रतिशत बढीले उकालो लागेकोछ । नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यसदिन सबैभन्दा धेरै नबिल ब्यालेन्स फण्ड २ का को इकाई मूल्य सबैभन्दा धेरै घटेको छ ।
Symbol | LTP | Point Change | % Change |
As of 2020-09-13 17:15:00 | |||
RLI | 452.00 | 41.00 | 9.98 |
NLBSL | 972.00 | 88.00 | 9.95 |
NRN | 427.00 | 38.00 | 9.77 |
RADHI | 239.00 | 21.00 | 9.63 |
AHPC | 130.00 | 11.00 | 9.24 |
IGI | 585.00 | 44.00 | 8.13 |
MHNL | 96.00 | 7.00 | 7.87 |
SPDL | 141.00 | 10.00 | 7.63 |
UNHPL | 71.00 | 5.00 | 7.58 |
PIC | 830.00 | 58.00 | 7.51 |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया