विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने


नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रले यहाँ रहेको ३३ केभी विष्णुपुर फिडरको विष्णुपुर–लहान सडकखण्डमा १० दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

सो खण्डमा ‘कण्डक्टर’ स्तरोन्नति गर्नुपर्ने भएकाले मङ्गलबारदेखि फागुन १ गतेसम्म विद्युत् अवरुद्ध हुने केन्द्रले जनाएको हो ।

यस फिडरअन्तर्गतका स्थानमा मङ्गलबार बिहान ७ देखि अपराह्न १ बजेसम्म तथा सार्वजनिक बिदाको दिनमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन हुनेछ ।

वितरण केन्द्रका अनुसार विष्णुपुर सवस्टेशनबाट सञ्चालित सम्पूर्ण क्षेत्रमा सेवा अवरुद्ध हुनेछ । निर्धारित समयअघि नै काम सम्पन्न भएमा सोहीअनुसार सूचना जारी भई सेवाबारे जानकारी दिइने वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार  २३ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।