टिसिएलको दशैं–तिहार अफर, घरायसी सामाग्रीमा २५ प्रतिशतसम्म क्यासब्याक

0
Shares

विश्वको दोश्रो ठूलो घरायसी सामाग्रीको ब्रान्ड टिसिएलले नेपालीहरुको महान चाड दशैं–तिहार लाई लाक्षित गर्दै स्टे सेफ, सेलिब्रेट वेल अफर ल्याएको छ।

यस अफर अन्तर्गत ग्राहकले टिसिएल ब्राण्डका टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सर, जस्ता घरायसी सामाग्रीमा २५ प्रतिशत सम्मको क्यास ब्याक पाउने कम्पनीले जनाएको छ ।

साथै टिसिएलका एयर कन्डिस्नरमा फ्रि इन्स्टलेशनको सुविधा प्राप्त गर्न सक्ने छन। यस अफर अन्तर्गत यदी कुनै ग्राहकले, फोन पे गरी पैसा भुक्तानी पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।

फोन पे को माध्यम बाट पैसा भुक्तानी गरेमा, ग्राहकले थप अन्य सुविधा प्राप्त गर्न सक्नेछन । जुन फोन पे आफैले ग्राहकहरुलाई प्रदान गर्ने छ ।

टिसिएल टिभिमा ३ वर्ष र वाशिङ मेशिनको मोटर लगायत पिसिबि बोर्डमा सहित ५ वर्षको वारेन्टी रहेको छ । साथै एसीमा पनि ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।

नेपालका लागि, चौधरी ग्रुप अन्तर्गत सिजि ईओएल आधिकारिक बिक्रेता रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।