इमर्जिङ नेपालले सर्वसाधारणमा ५ करोडको आईपीओ बिक्रीमा ल्याउने, धितोपत्र बोर्डसँग अनुमति माग

0
Shares

इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणमा ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर बिक्रीमा ल्याउने भएको छ । उक्त रकम बराबरको आईपीओ निष्काशन गर्न कम्पनीले नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत भन्दा कमजोर आधार जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

इमर्जिङ नेपालको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

ट्रेड टावर, थापाथली काठमाडौंमा रजिष्टर्ड तथा कृष्ण टावर नयाँ बानेश्वर, काठमाडौंमा कार्पेरेट कार्यालय रहेको यस कम्पनीले वित्तीय क्षेत्र, शिक्षा, कृषि, इनर्जी लगायतका क्षेत्रमा खोज अनुसन्धान गर्दै आएको छ ।