अमेरिकी ब्रान्ड ‘ब्ल्याक डेकर’का घरायसी सामग्री नेपाली बजारमा

0
Shares

अमेरिकी घरायसी ब्रान्ड ब्ल्याक डेकरका सामग्रीहरु नेपाली बजारमा आएका छन्। चौधरी ग्रुप अन्तर्गतको सिजी इम्पेक्सले यसका सामग्रिहरुलाई नेपाली बजारमा भित्र्याएको हो।

सिजीले यसअघि नै विभिन्न बहुराष्ट्रिय ब्रान्डका घरायसी सामग्रीहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ। आफ्नै उत्पादन पनि भएको सिजीले वेबिनारको माध्यमबाट ब्ल्याक डेकरका सामग्री नेपालमा भित्र्याएको घोषणा गरेको हो।

उक्त घोषणा कार्यक्रममा ब्ल्याक डेकरका दक्षिण एसिया निर्देशक निलान्जन भट्टाचार्य, र निर्यात प्रमुख अमित राटौरीको पनि सहभागिता रहेको थियो।

ब्ल्याक डेकरका स्टिम आइरन, ग्रान्डर मिल्स, राइस कुकुर, गार्मेन्ट स्टिमर, स्यान्डविच मेकर, हिटर, माइक्रोओभ ओभन लगायतका सामग्रीहरु भित्रिएका छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।