फाइनान्स कम्पनीहरुको माग बढ्यो, लिबर्टीको शेयरमा सकारात्मक सर्किट

0
Shares

आइतबारको शेयर बजारमा वित्त कम्पनीहरुको माग बढेको छ । जसले गर्दा अधिकांस फाइनान्स कम्पनीहरुको शेयर मूल्य बढेर कारोबार भएको छ ।

बजार खुलेको पहिलो आधाघण्टामा फाइनान्स कम्पनीहरुको सूचक साढे चार प्रतिशतले बढेको छ । रिलयान्स फाइनान्स, वेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसिएफस, गोर्खाज फाइनान्स, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स लगायतको शेयर मूल्य उच्चदरले बढेको छ ।

आजदेखि नै दोस्रो बजारमा कारोबार शुरु भएको लिबर्टी इनर्जीको पहिलो दिन नै शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन बजार खुलेको १० मिनेट पनि नबित्दै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअवधिमा होटल, जलविद्युत, अन्य र म्युचुअल फण्ड समूहका सूचक घटेपनि बाँकी समूहको सूचक बढेको छ । नेप्से सूचक १२ अंकले बढेर १५८५ अंकमा पुगेको छ ।

Sub-Indices Current Points Change % Change  
Banking 1,270.81 21.43 1.72  
Hotels 1,867.44 17.1 0.91  
Development Bank 1,868.03 30.07 1.64  
HydroPower 1,257.66 32.39 2.51  
Finance 759.23 32.38 4.45  
No Life Insurance 8,172.88 25.4 0.31  
Manu. & Pro. 3,083.88 17.7 0.58  
Others 1,014.11 6.58 0.64  
Microfinance 2,621.15 15.69 0.6  
Life Insurance 9,907.19 27.24 0.28  
Mutual Fund 10.95 0.02 0.17  
 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ आश्विन २०७७, आइतबार  ११ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।