सनराइज म्युचुअल फण्डद्धारा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड (SFMF) ले प्रतिफल वितरणको लागि इकाइधनी पुस्तिका बन्द (बुकक्लोज) गर्ने मिति तय गरेको छ ।
म्यचुअल फण्डले प्रतिफल वितरणको लागि असोज ११ गते आइतबार एक दिन बुकक्लोज गर्न लागेको हो । यसअनुसार असोज ८ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम भएका इकाइधनीले गत आवबाट प्रस्तावित प्रतिफल ( नगद लाभांश) पाउनेछन् ।
म्युचुअल फण्डले गत आव २०७६/७७ को मुनाफाबाट कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया