शेयर कारोबारमा लागु भयो प्यान


 

 

नोटजबार

काठमाडौं, २ वैशाख

नेपला स्टक एक्सेचन्ज(नेप्से)मा नयाँ वर्ष 2075 मा कारोबार भएको पहिलो दिन सोमबार प्यान अनिवार्य भएको छ । नेपाल धितोपत्र बोर्डले सरकारको योजना अनुसार तत्काललाई ५ लाख वा सो भन्दा बढीको सेयर कारोबारमा प्यान अनिवार्य गरेको हो ।

सरकारको योजना शेयर बजारका सबै लगानीकर्तालाई प्यानको दायरामा ल्याउने भए पनि बजारसंग सम्बद्ध पक्षहरुसंगको छलफल तथा सुझावका आधारमा ५ लाखभन्दा बढीको कारोबारमा मात्र प्यान अनिवार्य गरिएको हो ।

५ लाख रुपैयाँ भन्दा कमको सेयर कारोबार गर्ने लगानीकर्ताहरुले पनि ऐच्छिक रुपमा प्यानमा आबद्ध हुन सक्ने बोर्डले जनाएको छ । गत चैत १० गते आइतबारदेखि शेयर कारोबारमा स्वेच्छिक रूपमा प्यान लागू गरिएको थियो ।

नेपाल धितोपत्र बोर्डका अनुसार दोस्रो बजारमा एक पटकमा पाँच लाख वा सो भन्दा बढीको कारोवारमा मात्र स्थायी लेखा नम्बर प्यान चाहिनेछ । दिनभरीको कारोवार वा पटक पटकको कुल कारोवारको नभई एक पटकमा ५ लाख वा सोभन्दा बढीको कारोवार गर्दा मात्र प्यान अनिवार्य गरिएको हो ।

सरकारको बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था अनुसारस्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएको हो ।