‘प्रोफिट बुकिङ्ग’ ले शेयर बजारमा करेक्शन, २ अर्ब ६३ करोडको कारोबार

0
Shares

शेयर बजारमा अल्पकालीन लगानीकर्ताले प्रोफिट बुकिङ गर्दा सोमबार शेयर बजार सूचक मापक नेप्सेमा ६.१२ अंकको गिरावट आएको छ । भदौ ३० गते साढे ४ अंकको करेक्शन आएकोमा पछिल्लो तीन कारोबार दिनमा नेप्से सूचक ३८ अंकले बढेको थियो । बजारमा सोमबार भने करेक्शन आएको हो ।

छोटो समयमा आएको नाफा बुक गर्दा बजारमा बजारको सुरुवातदेखि नै बिक्री चाप हाबी रह्यो । पटक-पटक गति लिन खोजेपनि बिक्री चाप उच्च हुँदा बजार पुन: ऋणात्मक दिशातर्फ धकेलिएको हो ।

सोमबार १९४ कम्पनीका ८५ लाख ६५ हजार ७८ कित्ता शेयर ६१ हजार ९३६ पटक कारोबारमा आउँदा २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार रुपैयाँको शेयर खरीद बिक्री भएको छ । कारोबारमा आएका ठूला कम्पनीहरुको सूचक मापक सेन्सिेटिभ इन्डेक्स १.३८ अंकले ऋणात्मक भई ३१२.२४ बिन्दुमा बन्द भएको छ ।

कारोबारमा आएका १२ मध्ये ११ उपसमूहका सूचक ऋणात्मक

आज कारोबारमा आएका १२ उपसमूहका परिसूचकमध्ये उत्पादन तथा प्रशोधनमूलक बाहेक सबै ११ वटै सूचक ऋणात्मक बनेका छन् । यसदिन ब्यापार, होटल, वित्त, र म्युचुअल फण्डको इन्डेक्स १ प्रतिशत धेरैले घट्दा बाँकी १ प्रतिशतभन्दा कम घटेर बन्द भएका छन् ।

नेपाल बैंकको उच्च कारोबार

आजको बजारमा नेपाल बैंकको उच्च कारोबार भएको छ। बैंकको ६ लाख ४८ हजार ७९० कित्ता शेयर २१ करोड ३८ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छ । नेपाल रि-इन्स्योरेन्सको १४ करोड ९० लाख तथा रिलायन्स लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाखको शेयर खरीद बिक्री भयो।

Symbol Turnover Closing Price
As of 2020-09-21 15:00:00
NBL 213,884,458.00 333.00
NRIC 149,036,929.00 862.00
RLI 129,855,865.00 640.00
CBBL 71,915,976.00 1,130.00
SICL 65,355,057.00 1,383.00
BOKL 56,047,774.00 267.00
NABIL 54,378,128.00 883.00
CBL 52,526,185.00 159.00
AKPL 52,170,299.00 195.00
NLIC 49,983,508.00 1,399.00

 

यसैगरी छिमेक लघुवित्त, शिखर इन्स्योरेन्स, बैंक अफ काठमाण्डू, नबिल बैंक, सिभिल बैंक, अरुण काबेली पावर र नेपाल लाइफ शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको नेपाल लाइफको ४ करोड ९९ लाखको शेयर कारोबार भयो ।

युनाइटेड फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट

आज युनाइटेड फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। फाइनान्सको शेयरमूल्य प्रतिकित्ता २० रुपैयाँ अर्थात १० प्रतिशतले बढेर २२० रुपैयाँ पुगेको छ । नबिल बैंकले फाइनान्सलाई प्राप्ति गर्ने अफवाह बजारमा फैलाएर चलखेल गर्न खोज्दा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। आइतबार सिभिल बैंकमा र सोमबार युनाइटेड फाइनान्समा चलखेलको प्रयास भएको हो ।

नेशनल हाइड्रोपावर, पञ्चकन्या माई, सिन्धु विकास बैंक, नाडेप लघुवित्त, मेरो माइक्रोफाइनान्स, ङादी ग्रुप पावर, नेपाल बैंक, रिडी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोको शेयरमूल्य पनि बढेका छन् ।

 

Symbol LTP Point Change % Change
As of 2020-09-21 15:00:00
UFL 220.00 20.00 10.00
NHPC 84.00 4.00 5.00
PMHPL 109.00 5.00 4.81
SINDU 138.00 5.00 3.76
NADEP 746.00 26.00 3.61
MERO 785.00 25.00 3.29
NGPL 165.00 5.00 3.13
NBL 333.00 10.00 3.10
RHPC 137.00 4.00 3.01
AHPC 171.00 4.00 2.40

लिवर्टीमा नकारात्मक सर्किट लाग्दा रैराङ र घलेम्दीका लगानीकर्ताले पनि उच्च गुमाए

आजको कारोबारमा लिवर्टीमा दोस्रो दिन पनि नकारात्मक सर्किट लागेर शेयरमूल्य घट्दा रैराङ र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य पनि सर्किट नजिक मूल्यमा घटेको छ ।

यसैगरी माउन्टेन हाइड्रो नेपाल, प्रोगेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, राधी विद्युत कम्पनी, रिलायन्स फाइनान्स, र हिमालयन उर्जा कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले पनि आएको कारोबारबाट गुमाएका छन् । आजको दशौं ठूलो गुमाएको हिमालयन उर्जाको शेयरको भाउ ४.७२ प्रतिशतले घटेर प्रतिकित्ता १२१ रुपैयाँमा झरेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-09-21 15:00:00
LEC 243.00 -27.00 -10.00
RRHP 138.00 -15.00 -9.80
GHL 95.00 -10.00 -9.52
MHNL 105.00 -9.00 -7.89
PROFL 113.00 -8.00 -6.61
BARUN 129.00 -9.00 -6.52
CFCL 143.00 -9.00 -5.92
RADHI 260.00 -15.00 -5.45
RLFL 151.00 -8.00 -5.03
HURJA 121.00 -6.00 -4.72

केही दिनअघि सबैजसो जलविद्युत कम्पनीको शेयरमूल्य बढेकोमा हाल आएर केहीको घटेको छ भने केहीको थप बढाइएको छ । कारोबारी सक्रिय स्क्रिप्ट निरन्तर बढिरहेको छ भने नाफा बुकिङ्गका स्क्रिप्ट घट्न थालेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ असाेज २०७७, सोमबार  १५ : ४१ बजे