शेयर बजारमा मंगलबार उच्च बिक्रीचाप आउँदा नेप्से सूचक एकैदिन २२.९१ अंकले घटेर १ हजार ५४६ दशमलव १५ अंकमा बन्द भएको छ । कारोबारमा आएका १९९ कम्पनीमध्ये १७ कम्पनीको मात्र शेयरमूल्य बढेको छ । बाह्र कम्पनीके शेयरमूल्य स्थीर रहँदा १७० कम्पनीको शेयरमूल्य घटेको छ ।
प्रि-ओपनिङ्गमा बढेको ७ अंकको भरमा कारोबारको १५ मिनेट सकारात्मक रहेको नेप्से सूचक सुरुदेखि नै दबाबमा रहेको थियो । एक घण्टा अवधिपछि केही खरीद चाप आएपछि केही सम्हालिन खोजेपनि पुन: उच्च बिक्रीचापका कारण सो पश्चात निरन्तर घटेर बन्द भएको छ ।
तीन दिनमा नेप्से सूचक ३८ अंकले बढेपछि शेयर बजारमा अल्पकालीन लगानीकर्ताले प्रोफिट बुकिङ गर्दा हिजो पनि नेप्सेमा ६ अंकको करेक्शन आएकोमा मंगलबार उच्च अंकले घटेपछि लगानीकर्ताको मनोबल कमजोर बन्दा सस्तो मूल्यमा नै शेयर बिक्री गरी बाहिरिने क्रम बढेको हो ।
मंगलबार १९९ कम्पनीका ७८ लाख ५० हजार ६५ कित्ता शेयर ४७ हजार ८७६ पटक कारोबारमा आउँदा २ अर्ब ८१ करोड ४ लाख २५ हजार रुपैयाँको शेयर खरीद बिक्री भएको छ । सोमबार २ अर्ब ६३ करोडको शेयर कारोबार भएकोमा मंगलबार १८ करोडले कारोबार रकम बढेको हो ।
कारोबारमा आएका ठूला कम्पनीहरुको सूचक मापक सेन्सिेटिभ इन्डेक्स १.५५ प्रतिशतले ऋणात्मक भई ३०७.३९ बिन्दुमा बन्द भएको छ ।
कारोबारमा आएका १२ वटै उपसमूहका सूचक ऋणात्मक
आज कारोबारमा आएका १२ वटै उपसमूहका परिसूचक ऋणात्मक बनेका छन् । आजको बजारमा विकास बैंक र जलविद्युतको सूचक २ प्रतिशत धेरैले ऋणात्मक हुँदा बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, वित्त, निर्जीबन बीमा, जीबन बीमाको सूचक पनि १ प्रतिशत धेरैले घट्न पुगेको छ ।
शिखर इन्स्योरेन्सको उच्च कारोबार
आजको बजारमा शिखर इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ। इन्स्योरेन्सको २ लाख ३७ हजार ७९६ कित्ता शेयर ३१ करोड ९५ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो आव २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेपछि मंगलबार मात्रै कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४५ रुपैयाँ घटेर १ हजार ३३८ रुपैयाँमा घटेर कारोबार भएको हो ।
Symbol | Turnover | Closing Price | |
---|---|---|---|
As of 2020-09-22 15:00:00 | |||
SICL | 319,544,183.00 | 1,335.00 | |
NBL | 191,111,186.00 | 326.00 | |
NRIC | 124,476,823.00 | 862.00 | |
NMB | 74,200,249.00 | 416.00 | |
RLI | 70,853,501.00 | 630.00 | |
NIL | 65,553,003.00 | 815.00 | |
NLIC | 62,367,687.00 | 1,379.00 | |
HDL | 58,487,960.00 | 1,800.00 | |
CBBL | 47,026,087.00 | 1,118.00 | |
NABIL | 45,326,423.00 | 871.00 |
दोस्रो ठूलो कारोबार भएको नेपाल बैंकको १९ करोड ११ लाख र नेपाल रि इन्स्योरेन्सको १२ करोड ४४ लाखको शेयर खरीद बिक्री भयो ।
यसैगरी एनएमबि बैंक, रिलायन्स लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, छिमेक लघुवित्त, र नबिल बैंक शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको नबिल बैंकको ४ करोड ५३ लाखको शेयर कारोबार भयो ।
युनाइटेड फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर करेक्शन
विभिन्न सञ्चार माध्यममा नबिल बैंकले फाइनान्सलाई प्राप्ति गर्ने हल्ला फैलिएपछि फाइनान्सको शेयरमूल्यमा दोस्रो दिन पनि सकारात्मक सर्किट लागेकोमा कारोबार बन्द हुने समयमा भने करेक्शन आएर ६.८२ प्रतिशतमा खुम्चिएको छ ।
फाइनान्सको शेयरमूल्य १५ रुपैयाँ बढेर २३५ रुपैयाँ पुगेको छ । बरुण हाइड्रोपावर, सञ्चकन्या माइ हाइड्रोपावर, र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य पनि ३ प्रतिशतले वृद्धि भएको छ ।
लक्ष्मी उन्नति कोषको इकाइमूल्य, समृद्धि फाइनान्स नेपाल ल्युब आयल, साल्ट ट्रेडिङ्ग, घोडीघोडा लघुवित्त र फवार्ड कम्युनिटी लघुवित्त, इन्भेष्टमेन्ट बैंक संस्थापक, नाडेप लघुवित्त, सानिमा इक्वीटी फण्ड, एनआईसी एशिया डिबेञ्चर ८३/८४, ग्लोबल आइएमई समुन्नत योजना १, आरएसडिसी लघुवित्त, र गणपति लघुवित्त गरी कूल १७ कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।
Symbol | LTP | Point Change | % Change |
As of 2020-09-22 15:00:00 | |||
UFL | 235.00 | 15.00 | 6.82 |
BARUN | 135.00 | 6.00 | 4.65 |
PMHPL | 113.00 | 4.00 | 3.67 |
TRH | 251.00 | 8.00 | 3.29 |
LUK | 9.13 | 0.19 | 2.13 |
SFCL | 123.00 | 2.00 | 1.65 |
NLO | 190.00 | 3.00 | 1.60 |
STC | 3,300.00 | 41.00 | 1.26 |
GGBSL | 820.00 | 10.00 | 1.23 |
FOWAD | 1,580.00 | 10.00 | 0.64 |
लिवर्टी सहित तीन कम्पनीको शेयरमूल्य सर्किट नजिक घट्यो
आजको कारोबारमा लिवर्टी इनर्जी सहित घलेम्दी हाइड्रोपावर र पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य सर्किट मूल्य नजिक घटेको छ। आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आएको लिवर्टीमा आज तेस्रो दिन नकारात्मक सर्किट लागेर शेयरमूल्य घटेको हो । यससँगै कम्पनीको शेयरमूल्य २१९ रुपैयाँमा झरेको छ ।
घलेम्दी हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य पनि ९ प्रतिशत धेरैले घटेको छ ।
यसदिन खानीखोला हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, दीब्यश्वरी हाइड्रोपावर, मल्टिपर्पस फाइनान्स, नेशनल हाइड्रोपावर र रैराङ हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशतले घटेको छ ।
Symbol | LTP | Point Change | % Change |
---|---|---|---|
As of 2020-09-22 15:00:00 | |||
LEC | 219.00 | -24.00 | -9.88 |
GHL | 86.00 | -9.00 | -9.47 |
UMHL | 127.00 | -13.00 | -9.29 |
KKHC | 80.00 | -7.00 | -8.05 |
AKJCL | 81.00 | -7.00 | -7.95 |
SAPDBL | 139.00 | -11.00 | -7.33 |
DHPL | 76.00 | -6.00 | -7.32 |
SIFC | 167.00 | -12.00 | -6.70 |
NHPC | 79.00 | -5.00 | -5.95 |
RRHP | 131.00 | -7.00 | -5.07 |
View All |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया