रक्षा बजेट वृद्धि गर्ने अमेरिकी आग्रहलाई जापानको अस्वीकृति


टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले बुधबार रक्षा खर्च बढाउन अमेरिकी आह्वानलाई अस्वीकार गर्दै जापानले आफ्नो रक्षा बजेट आफैं तय गर्नुपर्नेमा जोड दिएका छन् । माथिलो सदनको बजेट बैठक समितिमा मन्तव्य राख्ने क्रममा उनले जापानले आफ्नो रक्षा बजेट आफै निर्धारण गर्ने र अरू देशको निर्देशनमा आफ्नो निर्णय नगर्ने बताएका छन् ।

ट्रम्प प्रशासनले नीतिका लागि रक्षा सचिवमा नियुक्त गरेको एल्ब्रिज कोल्बीले जापानले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशतमा पु¥याउनुपर्ने बयान दिएपछि यो टिप्पणी आएको हो ।

जापानका मुख्य क्याबिनेट सेक्रेटरी योशिमासा हयाशीले बुधबार एक पत्रकार सम्मेलनमा जापान सरकारले आर्थिक वर्ष सन् २०२७ सम्ममा रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पु¥याउने दिशामा काम गरिरहेको बताए ।

उनले रकमभन्दा पनि रक्षा क्षमताको वस्तुमा ध्यान दिनु पर्नेमा जोड दिए । जापानले आफ्नो सन् २०२२ को राष्ट्रिय सुरक्षा रणनीतिमा रक्षा खर्चलाई आर्थिक सन् २०२७ मा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पु¥याउने लक्ष्य राखेको थियो ।

प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार  ०६ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।