जिल्ला प्रहरी कार्यालय पर्साद्धारा २० लाख मूल्यको भारतीय स्कारपियो नियन्त्रणमा

0
Shares

 

जिल्ला प्रहरी कार्यालय, पर्साले अबैध रुपमा भित्रीएको भारतीय नंम्बर प्लेट बीआर ३२ प २३०६ भएको स्कारपियो (निजी सवारी साधन) नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा पठाएको छ ।

भारतीय नंम्बरको स्कारपियो तथा बोलेरो गाडीहरु चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण वडा एरियाहरुमा चलाई रहेको छन् भन्ने सूचनाका आधारमा कम्पनीले सक्रियता बढाएको थियो ।

विशेष सूचनाका आधारमा कार्यालयबाट खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा असोज ०५ गते ७ बजे पर्सा जिल्ला पर्सा छिपहरमाई गाउँपालिका वडा नं. ५ स्थित सडक खण्डमा उक्त स्कारपियो गाडी फेला पारेको थियो । उक्त गाडीको अन्दाजी मूल्य २० लाख बराबरको रहेको छ ।

बरामद गरी राखेको सवारी साधनसँग सम्बन्धित आवश्यक कागजात सहित यस कार्यालयमा सम्पर्क राख्न नआएको तथा वरपर सोधपुछ गर्दा कोही कसैले पनि हालसम्म हक दाबी नगरेकोले प्रहरी कार्यालयले बीरगंज भन्सार कार्यालयमा बुझाएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।