सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्दै छ ।
जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ३.८ प्रतिशतका दरले हुन आउने बोनस सेयर र ०.२ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।