माउण्टेन ड्युले पब्जी मोबाइलसँग सहकार्य गर्ने

0
Shares

माउण्टेन ड्यु ब्राण्डले विश्वमै सबैभन्दा लोकप्रिय रहेको मोबाइल खेलहरु मध्येको एक प्लेग्राउण्ड अननोन ब्याटल ग्राउण्ड(पब्जि) मोवाइलसंग विश्वव्यापी साझेदारीको घोषणा गरेको छ ।

पब्जि मोबाइलका अलावा माउण्टेन ड्यु इस्पोर्ट्स समुदायलाई च्याम्पियन बनाउन र खेलाडीहरुलाई अद्भूत एवं उत्साहजनक क्रियाकलापहरुसम्म अझ बढी पहुँच पु¥याउन कटिबद्ध रहेको कम्पनीले जनाएको छ ।

गतिशिल कार्यक्रमको एक हिस्सा स्वरुप विश्वभरका खेलाडीहरुले केही सीमित समयको लागि खेलको नयाँ नक्साभरी उपलब्ध इन–गेम माउण्टेन ड्यु फ्युल स्टेशन्स्मा शक्ति बढाउन सक्षम हुनेछन् । खेल खेलेको समयमा लूट उपलब्ध गराएर यी नवीनतम फ्युल स्टेशनहरुले गेमिङ्ग अनुभवलाई अझ बढी रोमाञ्चक बनाइदिने समेत कम्पनीले जनाएको छ ।

नेपाल लगायत तोकिएका अन्तर्राष्ट्रिय बजारहरुमा प्रशँसकहरुले विशेष चिन्ह अँकित माउण्टेन ड्यु उत्पादनहरुको खरीदमा इन–गेम पुरस्कारहरु र रिवार्डहरु पनि खोल्न सकिन्छ । माउण्टेन ड्यु पब्जी मोबाइल प्रो लिग अमेरिका, पब्जि मोबाइल वल्र्ड लिग र पब्जि मोबाइल ग्लोबल च्याम्पियनसिप २०२० को औपचारिक वेभरेज प्रायोजक पनि हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।