सुनचाँदीको मूल्यमा सामान्य गिरावट


काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६९ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, आज एक तोला चाँदी एक हजार नौ सय ७० रुपैयाँमा किनबेच हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलबार  ११ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।