शेयर बजारका लगानीकर्ता सस्ता कम्पनीहरुको शेयरप्रति आकर्षति हुँदा समग्र बजारमा सकारात्मक प्रभाव परेको छ । आइतबारको बजारमा आईपीओकै हाराहारीमा शेयर मूल्य भएका कम्पनीहरुको माग बढ्दा मूल्य समेत बढेको छ ।
आईपीओकै मूल्यको आसपासमा रहेका कम्पनीहरुको भाउ बढ्दा केहि कम्पनीहरुको शेयरमूल्य धेरैपछि प्रतिकित्ता एक सय रुपैयाँ माथि उक्लिएको छ । अझैपनि केहि जलविद्युत कम्पनीहरुको शेयर मूल्य भने सय रुपैयाँ तल नै रहेको छ । आजको बजारमा पनि विशेषगरी सस्ता मूल्य भएका जलविद्युत कम्पनी र फाइनान्स कम्पनीहरुको शेयर मूल्य बढेको छ ।
ठूला कम्पनीहरुमा प्रफिट बुकिंङ गरिसकेका लगानीकर्ताहरु ठूला कम्पनीहरुको भाउ घट्ने पर्खाइमा बसिरहदा साना लगानीकर्ताको शेयरमा लगानी बढाउन थालेका छन् । गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणा गर्ने सुरुवात भएकाले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् ।
शेयर बजारमा सबैभन्दा महङो मूल्य भएको युनिलिभिरको लाभांश घोषणा गरेपछि सबैभन्दा धेरैले शेयरमूल्य घटेको छ । कम्पनीको शेयर मूल्य ७ प्रतिशत बढीले घटेको छ । यसदिन वेस्ट फाइनान्स, माउन्टेन हाइड्रो, नेपाल फाइनान्स, रैराङ हाइड्रो, घलेम्दी, वरुण, आँखुखोला लगायतको शेयर मूल्य दश प्रतिशतका हाराहारीमा बढेको छ । शेयरमूल्य उच्चदरले बढ्ने १० कम्पनीको सूचीमा अधिकांस जलविद्युत समूहका रहेका छन् ।
TOP GAINERS
Symbol | LTP | Point Change | % Change |
As of 2020-09-27 15:00:00 | |||
BFC | 133.00 | 12.00 | 9.92 |
MHNL | 136.00 | 12.00 | 9.68 |
NFS | 218.00 | 19.00 | 9.55 |
RRHP | 161.00 | 14.00 | 9.52 |
GHL | 104.00 | 9.00 | 9.47 |
BARUN | 163.00 | 14.00 | 9.40 |
AKJCL | 105.00 | 9.00 | 9.38 |
KRBL | 120.00 | 10.00 | 9.09 |
GUFL | 145.00 | 12.00 | 9.02 |
HURJA | 140.00 | 11.00 | 8.53 |
आइतबार बजारमा उच्च कारोबार हुने कम्पनी मिश्रित देखिएका छन् । ४७ करोड बढीको बल्क ट्रेडिङमा शेयर बिक्री हुँदा सोल्टी होटलको सबैभन्दा उच्च कारोबार भएको छ ।
सोल्टी होटलको एकैदिन यसकारण भयो उच्च शेयर कारोबार
हिमाल दोलखा हाइड्रोपावरको १४ करोड बढीको शेयर किनबेच भएको छ । कम्पनीको शेयरमूल्य झण्डै ६ प्रतिशतले बढेको छ । कुमारी बैंक, सिभिल बैंक, पुर्नबीमा कम्पनी, अपि, नागरिक लगानीकोष लगायतको उच्च कारोबार भएको छ ।
युनिलिभरको सबैभन्दा धेरै ७ प्रतिशत बढीले शेयर कारोबार घटेको बजारमा युनाइटेड मोदी हाइड्रो, युनाइटेड फाइनान्स तथा रीडी हाइड्रो लगायतको शेयर भाउ धेरै घटेको छ ।
TOP LOSERS
Symbol | LTP | Point Change | % Change |
---|---|---|---|
As of 2020-09-27 15:00:00 | |||
UNL | 18,025.00 | -1,379.00 | -7.11 |
UMHL | 144.00 | -8.00 | -5.26 |
UFL | 249.00 | -13.00 | -4.96 |
RHPC | 148.00 | -7.00 | -4.52 |
GMFBS | 815.00 | -35.00 | -4.12 |
RHPL | 190.00 | -8.00 | -4.04 |
IGIPO | 304.00 | -12.00 | -3.80 |
SJCL | 179.00 | -7.00 | -3.76 |
HPPL | 198.00 | -7.00 | -3.41 |
LEC | 216.00 | -7.00 | -3.14 |
यसदिन नेप्से ४.२९ अंकले बढेर १ हजार ५६५ दशमलव ५५ अंकमा बन्द भएको छ । नेप्सेमा सुधार आएसँगै कारोबार रकम समेत बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १९१ कम्पनीका एक करोड ९९ लाख ७२ हजार ३११ कित्ता शेयर ४२ हजार १०८ पटक किनबेच हुँदा ३ अर्ब १३ करोड ८२ लाखरुपैयाँ बराबरको कारोबार भएको हो । यसदिन ९० कम्पनीको शेयरमूल्य बढ्दा ८७ को घटेको छ भने १४ को यथावत रह्यो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया