आइतबार ९०० रुपैयाँले घट्यो सुनको भाउ


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतिताला ९०० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज एक तोला चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तरराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार २२ .९५ अमेरिकी डलर र चाँदी ३३.०३ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १० चैत्र २०८१, आइतबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।