काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात


झापा । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजार रुपैयाँले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड ३३ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए ।

चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट छ अर्ब १२ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा पाँच अर्ब ८० करोड १८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार  ०७ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।