कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द गरिएको छ ।
कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । आजदेखि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको एक सूचना जारी गर्दै कार्यालयले जनाएको छ ।
सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको थियो । कार्यालयले यही असोज १ देखि १३ गतेसम्म दुई हजार ९२७ पुरुष र १८९ महिला गरी तीन हजार ११६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया