पशुपति क्षेत्र विकास कोषले एक अर्बको अक्षय कोष स्थापना गर्ने

0
Shares

पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट गरेर रु एक अर्बको अक्षय कोष स्थापना गर्ने भएको छ ।

कोष सञ्चालक परिषद्ले गत वर्ष नै निर्णय गरेबमोजिम ती बैंकमा २५ करोडका दरले अक्षय कोष स्थापना गर्न लागेको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

यसरी जम्मा गरिएको कोषको ब्याज आवश्यक परे मात्र निकालिने छ । सावाँ भने सञ्चालक परिषद्ले अनुमोदन नगरी ननिकालिने उनले बताए ।

मन्दिरको भेटघाटीलगायत जग्गाको कुत आदि आम्दानीबाट जम्मा भएको रकम हालसम्म छ बैंकमा राखिएको छ । ती बैंकबाट रकम निकाली बढी ब्याज दिने बैंकमा अक्षय कोष स्थापना गर्ने अन्तिम गृहकार्य भइरहेको कोषले जनाएको छ ।

हालसम्म नेपाल बैंक लिमिटेडमा २६ करोड, कृषि विकास बैंकमा  पाँच करोड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा  ३५ करोड, माछापुच्छ«् बैंकमा १३ करोड, नेपाल एसबिआई बैंकमा १० करोड र एभरेष्ट बैंकमा रु छ करोड गरी ९५ करोड मौज्दात छ । ती बैंकमा अक्षय कोषमा राखिएको रकम र त्यसपछि जम्मा भएको आम्दानी गरी जम्मा एक अर्ब चार बैंकमा जम्मा गर्न लागिएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।