नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर बिच सम्झौता


काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

बुधबार भएको सम्झौतामा कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका हुन् ।

सभापोखरी हाइड्रोले प्रति सेयर १०० रुपैयाँका दरले १० लाख ७५ हजार कित्ता बापतको १० करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषले उक्त सेयरको प्रत्याभूति गर्ने भएको छ ।

 

प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार  १५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।