एनआईसी एशिया बैंकमा अनलाइन मार्फत कर्जा आवेदन दिन सकिने

0
Shares

एनआईसी एशिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ ।

कोभोड-१९ को महामारीकाबीच सामाजिक दुरी कायम राख्नुपर्ने आवश्यकतालाई महसुस गर्दै बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले https://loanapplication.nicasiabank.com मार्फत उक्त अनलाइन कर्जा आवेदन प्रणालीको सुरुवात गरेको जनाएको छ ।

बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप आफ्नो सम्पूर्ण व्यवसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्न लागिपरेको अवस्थामा विद्यमान कर्जा आवेदन प्रक्रियालाई समेत अनलाइन माध्यमबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको जानकारी गराएको छ ।

यसमार्फत ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्ने बैंकले जनाएको छ । यसपछि कर्जा लिनका लागि ग्राहकले छनौट गरेको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधीले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको जनाएको छ ।

साथै आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्था बारेमा समेत यस बैंकले एसएमएस मार्फत जानकारी गराउँदै आएको र ग्राहकले बैंकको वेबसाइटमा गई कर्जाको अवस्थाबारे पनि आफै ट्रयाक गर्न सक्ने सुविधा बैंकले दिएको छ ।

बैंकको कुनै पनि कर्जा सम्बन्धी जानकारी लिनको लागि loan टाइप गरी ३४४८८ मा एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी वा बैंकको वेबसाइट धधध।लष्अबकष्बदबलप।अयm मा राखिएको www.nicasiabank.com मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।