काठमाडौँ । मंगलबार सेयर बजार ३.४४ अंकले घटेर २६६६ बिन्दुमा कायम भएको छ । अघिल्लो दिन ३३ अंक घटेको सेयर बजार आज ३.४४ अंकले घटेको हो ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ३० करोडको भएको छ । आज १ करोड ६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।
आज १२१ कम्पनीको मूल्य बढ्दा १२३ को घटेको छ । आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५७ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ०.६०, निर्जीवन बीमा ०.१३ र व्यापार समूह ०.७० प्रतिशत बढे ।
त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक घटेको छ।
बैंकिङ ०.३०, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.४९, लगानी ०.२५, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.०८ र अन्य ०.५७ प्रतिशत घटे ।
आज तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । आजदेखि कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्स, बोटलर्स नेपाल बालाजु र विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ ।
यस्तै आज बाराही हाइड्रोपावरको ५.८५, सामुदायिक लघुवित्तका ४.६२ प्रतिशत मूल्य घटेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको आइपीओ सर्वाधिक बढेको छ ।
प्रतिक्रिया