एक्सप्रेस मनि र जिएमइ रेमिट विच विप्रेशण संझौता


एक्सप्रेस मनि र जिएमइ रेमिट विच विप्रेषण भुक्तानी दिने संझौता भएको छ । सम्झौता पत्रमा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र एक्सप्रेस मनिका तर्फवाट संचालक सुद्धेश गिरियनले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि एक्सप्रेस मनि मार्फत विश्व भरीबाट पठाएको रकम जिएमइ रेमिट को ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिने छ ।

हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोवार गदै आएको छ ।