हिमालयन बैंकको बोनस साधारण सभाको ८ महिनामा सूचीकृत


अघिल्लो आर्थिक वर्षमा वितरण गरेको बोनस शेयर आइतबार दोस्रो बजारमा कारोबारका लागि सूचीकरण गराएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार हिमालयन बैंकको ८५ लाख २० हजार २५५.८४ कित्ता शेयर सूचीकरण भएको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई १० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव २०७६ माघ २९ गतेको साधारण सभाबाट पारित गरेको थियो । साधारण सभाबाट पारित भएको झण्डै ८ महिनामा मात्र बैंकले सेयर सूचीकरण गराएको हो ।

अब बैंकका शेयरधनीको खातामा केही दिनमा शेयर जम्मा गरिने बैंकले जनाएको छ । बैंकले माघ २९ गतेको साधारण सभाबाट १० प्रतिशत बोनस तथा १२ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त लाभांस तथा साधारण सभा प्रयोजनका लागि बैंकले २०७६ माघ १३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । उक्त दिनभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीको डिम्याट खातामा मात्र बोनस शेयर जम्मा हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ असाेज २०७७, आइतबार  १४ : ४० बजे