सनराइज बैंकबाट मिस्ड कल गरेरै बिजुलीको बिल तिर्न सकिने

0
Shares

सनराइज बैक (SRBL) ले नेपालमै पहिलो पटक आफ्ना ग्राहकहरुलाई मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवाको सुरुवात गरेको छ ।

बैंकले सुरु गरेको यस सेवामासनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् ।

यस सेवा प्रयोग गर्नको लागि एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सनराइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनुपर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिट्टै कार्यान्वयनमा आउने बैकले जनाएको छ ।

हालसम्म सनराइज बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एपबाट बत्ती, पानी आदिको शुल्क भुक्तानी गर्दै आइरहेका छन् । अब इन्टरनेट बिना नै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्नेछन् ।

विद्यमान महामारीको समयमा घरैमा बसी बसी यसरी विभिन्न सेवाका शूल्क भुक्तानी गर्न मिल्ने कारण यसले ग्राहकलाई भीडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैकको विश्वास छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।