नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालयमा बिहीबार बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ लिएपछि पौडेल सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
नेकपाका महासचिव रहेका पौडेल यसअघि २०७२ साल कात्तिक १९ गते केपी शर्मा ओलीकै पालामा अर्थमन्त्री बनेका थिए । पौडेल पाँच वर्षपछि पुन: अर्थ मन्त्रालयमा बागडोर सम्हाल्न आइपुगेका हुन् ।
अर्थ मन्त्रालयमा उनलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।
पदभार ग्रहणपछि अर्थमन्त्रीको रुपमा पौडेलले विश्व बैंकबाट २० करोड डलर ऋण लिने सम्झौतापत्रमा पहिलो निर्णयको रुपमा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार अर्थमन्त्रीमा विष्णु पौडेल, शहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त भएका थिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया