काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको यसै अवधिको तुलनामा १३.०४ प्रतिशत कम हो । गत वर्ष कम्पनीले ३ करोड ७ हजार रुपैयाँ नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी ४३.७२ प्रतिशतले बढेर २० करोड ८५ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षसम्म कम्पनीको खुद ब्याज आम्दानी १४ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
प्रतिसेयर आम्दानी (वार्षिक) ५.५४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२६.४६ रुपैयाँ छ । एनपीएल ६.५३ प्रतिशत पुगेको छ ।
त्यस्तै, कम्पनीको वितरणयोग्य नाफा १ करोड ३७ लाख रुपैयाँ छ । चुक्ता पुँजी ६२ करोड ९० लाख रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ रहेको छ । कम्पनीले २ करोड ४८ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ ।










प्रतिक्रिया