गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । चौरजहारी–७ र ११ मा सञ्चालान भएको शिविरबाट ३ सय ७३ जनाले सेवा लिएका छन् ।

वडा नं. ११ को खोलागाउँमा सञ्चालित शिविरबाट २ सय ३० र वडा नं. ७ नार्जीमा १ सय ४३ जनाले सेवा पाएका मानव विकास तथा सामुदायिक सेवा केन्द्रका आपतकालीन स्वास्थ्य सेवा परियोजना संयोजक कुमेर परियारले जानकारी दिए ।

उनका अनुसार शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, रक्त समूह परीक्षणलगायत स्वास्थ्य परार्मश सेवा प्रदान गरिएको थियो । चौरजहारी नगरपालिकासँगको समन्वयमा मानव विकास तथा सामुदायिक सेवाले शिविर आयोजना गरेको हो । गाउँमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार  १४ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।