वेस्टर्न युनियनको ‘दशैंको सौगात’, नगद जित्न सक्ने अफर


बडा दशैं, तिहार तथा छठको अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘दशैंको सौगात’ प्रबर्धन योजना ल्याएको छ ।

जसमा ग्राहकहरुले कार्तिक १ गते देखि मंसिर २७ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यो प्रबर्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सिजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक रेमिटान्स र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ । सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुनेछ । यो योजनाअन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार जित्नेछन् । यो योजना डिसेम्बर १२ तारिखसम्म लागू हुनेछ ।

यस बाहेक, प्रबर्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्रमा समावेश हुनेछ । यसमा १ जना भाग्यशाली विजेताले १० लाख नगद जित्न सक्नेछन् । लक्की ड्रको विजेता १६ डिसेम्बरमा घोषित गरिने कम्पनीले जनाएको छ ।

वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एसएस रमानाथनले वेस्टर्न युनियलाई विगत २ दशकभन्दा बढि समयदेखि ग्राहकहरुले कम्पनीप्रति देखाएको निष्ठा र विश्वासको प्रशंसा गरेका छन् । उनले नेपाली प्रवासीहरुको मिहिनेत र बलिदानलाई कदर गर्दै घरमा भएका उनीहरुको प्रियजनहरुका लागि ‘दशैंको सौगात’ प्रबर्धन ल्याएको बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।