होण्डा सिआर–भी १.६ टर्वो आइडीटीइसी २०२० नेपाली बजारमा


नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले स्टाइल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स र शानदार इन्टेरियरस्का साथै नयाँ आइडीटीइसी इन्जिन युक्त नयाँ होण्डा सिआर–भी २०२० लाई नेपाली बजारमा लन्च गरेको छ ।

“एडभान्स, एनरजेटिक एण्ड स्मार्ट” को ग्राण्ड कन्सेप्टमा निर्मित ५औं जेनेरेशनको यस होण्डा सिआर–भी २०२० मा हाई–टेक्नोलोजीयुक्त एक्स्टेरियर र इन्टेरियर सुविधाहरुले सबैको ध्यान आकर्षण गर्नेछ ।

आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमा एड्भान्स इन्टिगे्रटेड एलइडी हेड ल्याम्पस्, इनलाइन एलइडी फग ल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट किलेस इन्ट्री, प्याडल सिफ्टिङ्ग गियर, ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७ जनासम्म प्यासेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको छ ।

९ स्पिड सिभीटी सहितको १.६ आइडीटीइसी टर्भो इन्जिन युक्त र अफ रोडिङ्ग अनि सिटी ड्राइभ दुवैका लागि पावर र पर्फमेन्स युक्त होण्डा सिआर–भी ले नेपाली रोडहरुमा असली एसयूभीको आन्नद लिन चाहनु हुने सम्पूर्ण ग्राहकहरुको मन जित्न सफल हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।