९ अर्ब लगानीमा ४५ मेगावाटको ब्रहायाणी जलविद्युत आयोजना बन्दै


काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ मा करिब ९ अर्ब रुपैयाँ लगानीमा ब्रहायाणी जलविद्युत आयोजना निर्माण सुरु भएको छ ।

४५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरुङको प्रवेशद्धारमा स्विच थिचेर विस्फोट गराई सुरुवात गरेका हुन् ।

५.५ किलोमिटर सुरुङ निर्माण गरेर ब्रहायणी नदीको पानी लगी विद्युत निर्माण गरिने आयोजना कम्पनीका अध्यक्ष भरत पराजुलीले बताए । ३ वर्षभित्र आयोजना सकिने उनकाे भनाइ छ ।

आयोजनाले २७ किलोमिटरको प्रवेशमार्ग निर्माण तथा मर्मत गरिसकेको छ । जसमा ४ कि.मि. नयाँ ट्रयाक पनि समावेश छ ।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार  १३ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।