नबिल बैंकको त्यो भिडियोमा के छ र भईरहेछ भाइरल ?


मानवीय समवेदना, अझ त्यसमा पनि बालमनोविज्ञानको विषयले जो कोहीलाई पनि छुन्छ । यस्तै विषय समेटेर कोरोना संक्रमण, चाड पर्व अनि परिवार भित्रको अवस्थालाई समेटेर बनाइएको एउटा पारिवारिक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

कोभिड १९ को संक्रमण तिव्र रुपमा बढ्दै गइरहेको अवस्थामा बडा दशैंलाई लक्षित गर्दै नबिल बैंकले बनाएको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गइरहेको छ । कात्तिक १ गते शनिबार घटस्थापनाको दिन बैंकको आधिकारिक फेसबुक पेजमा अपलोड गरिएको उक्त भिडियो डिजिटल कारोबारलाई सहयोग पुग्ने गरी बनाइएको थियो । तर सोचेकोभन्दा फरक अर्थात मानवीय संवेदनाको विषयले आम मानिसलाई छोए पछि बैंकले दिन खाजेको सन्देश सोचेभन्दा धेरै मानिसमा पुगेको छ ।

कोरोना संक्रमणका बेला कार्डबाट सजिलै भुक्तानी गरेर दशैंको किनमेल गर्न सकिने सन्देश दिन खोजिएको भिडियोमा अरु धेरै सन्देश समेटिए । जसका कारण भिडियो अहिले आइरल बनिरहेको छ । विज्ञापनमुलक भिडियोमा नबिल बैंकको भिडियोले पाएको सफलता सामान्य अवस्थामा अरुले पाउन सक्ने अवस्था रहँदैन ।

कोभिड–१९ को महामारीको समयमा कार्डबाट गरिने भुक्तानीको विषय मात्र नभई कोरोनाबाट बच्न आवश्यक सुरक्षा सहितको चतनामुलक विषयवस्तुले भिडियो धेरैले रुचाएका छन् । जसका कारण भिडियो ३ दिन पुरा हुन नपाउँदै भाइरल भएको हो ।

व्यवसाय प्रवद्र्धन गर्ने उद्धेश्यले बनाइएको भिडियो एउटा काम गर्न खोज्दा विविध विषयका कारण साचेभन्दा धेरै लोकप्रिय बने पछि बैंकका सबै कर्मचारीहरु उत्साहित बनेका छन् । बैंकको दायित्व व्यवस्थापन एवं सञ्चार विभाग प्रमुख कृष्ण सुवेदी भिडियो लोकप्रिय भएका कारण बैंकका सबै जना उत्साहित भएको बताउँछन् । “हामीले सोचेकोभन्दा धेरै लोकप्रिय भए पछि हामी उत्साहित बनेका छौं,” सुवेदीले भने, “विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको पीडा, चाडपर्वमा बालबालिकाको चाहना, र डिजिटल भुक्तानीको सहयोगमा बालबालिकाले पाउन सक्ने खुसीको समिश्रणले भिडियोलाई लोकप्रिय बनायो ।”

श्रीमान्, श्रीमती र एक छोरी रहेको परिवारमा श्रीमान्लाई कोरोना संक्रमण भए पछि श्रीमती र छोरीको मनोविज्ञानमा परेको असरलाई चित्रण गर्न खोजिएको छ । असहज परिस्थितीका बेला विद्युतीय भुक्तानीबाट इकमर्श प्लेटफर्ममा गरिने सपिङलाई परिवारको संक्रमण पछिको अवस्थामा जोडिएको छ । भौतिक रुपमा मात्र कारोबार गर्नु पर्ने अवस्थाको भर पर्नु नपर्ने अवस्थाले कोरोनाका कारण कमजोर बनेको मनस्थितीलाई बलियो बनाउन सकिने सन्देश भिडियोमा दिइएको थियो ।

भिडियोमा दशैंको सपिङ गर्न नपाउने सोचमा निराश बनेकी छोरीलाई अनलाइनबाट सामान अर्डर गरेर नबिल बैंकको कार्डबाट रकम भुक्तान गरी छोरीलाई ‘सरप्राइज’ दिइएसँगै छोरी खुसी भएको देखाइएको छ ।

कोरोना संक्रमणका कारण बुवा अलग कोठामा आइसोलेशनमा कसेका बेला पाएको सरपाइज अनि दशैंको टीकामा बुवाको रिपोर्ट नेगेटिभ आए पछि सँगै टीका लगाएर विद्युतीय माध्यमबाट दक्षिणा दिएको दृष्य भिडियोमा छ । भिडियोले विद्युतीय कारोबारबाट हुने सहजतालाई सरल तरिकाले प्रस्तुत गरेको छ ।

भाइरल बनेको बैंकको प्रवद्र्धनात्मक भिडियो यस्तो छ: