तीन जलविद्युत कम्पनीले नेप्सेलाई बुझाए नबीकरण शुल्क, शेयर कारोबार खोलियो


नबीकरण शुल्क नबुझाएका कारण शेयर सूचीकरण स्थगन भएका तीज जलविद्युत कम्पनीको शेयर कारोबार सुचारु भएको छ ।

नेपाल स्टक एक्सचेञ्जलाई तीन कम्पनीले नवीकरण शुल्क बुझाए पछि शेयर कारोबार सुचारु गरिएको नेप्सेले जनाएको छ ।

सूचीकृत कम्पनीहरुको संस्थागत सुशासन कमजोर रहेको अवस्थालाई पछिल्लो पटक पाँच कम्पनीहरुले नबीकरण शुल्क नबुझाएर चित्रित गरेका थिए ।

नेप्सेका अनुसार मंगलबार जोशी हाइड्रो, हिमाल दोलखा हाइड्र र नेपाल हाइड्रो डेभलपर लिमिटेडको शेयर कारोबार सुचारु गराइएको छ ।

वार्षिक सूचीकरण शुल्क नबुझाएका कारण नेप्सेले केही दिन अघि मात्र उल्लेखित तीन जलविद्युत कम्पनी सहित हिमालयन डिष्टीलरी र मल्टीपर्पस फाइनान्सको शेयर सूचीकरण स्थगन गरे पछि शेयर कारोबार रोक्का भएको थियो ।

हिमालयन डिष्टीलरी र मल्टीपर्पस फाइनान्सले यस अघि नै नबीकरण शुल्क बुझाईसकेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।