गुराँस लाइफले आह्वान गर्यो साधारण सभा, ५.२५% बोनस शेयर वितरण गर्ने

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड (GLICL) ले मंसिर ४ गते कम्पनीको प्रधान कार्यालय, श्रीराज भवन, तिनकुने, काठमाडौँमा दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई शतप्रतिशत हकप्रदपछि कायम भएको चुक्ता पूँजीको ५.२५ प्रतिशत (९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँ) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि साधारण सभामा राखिएको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । यस अनुसार कात्तिक १८ गते बिहीबारसम्म कामय रहने शेयरधनीहरुले लाभांश पाउनेछन् ।

शतप्रतिशत हकप्रद कम्पनीको चुक्ता पूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार छ । बोनस शेयर वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ४८ हजार ६०० रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।