काठमाडौँ । भदौ १० गते आएको भिषण बाढीका कारण बीमा क्षेत्रमा ठूलो दबी आउन थालेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म ५८३ वटा दाबी परेका छन् ।
जसको प्रारम्भिक अनुमानित रकम करिब २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै दाबी सबैभन्दा धेरै दाबी ओरिएन्ट इन्स्योरेन्समा परेको छ । यो कम्पनीमा ८ वटा बीमा दाबीमा १३ अर्ब ३ करोड २१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।
यसैगरी दोस्रो धेरै दाबी युनाइटेड अजोड इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ३८ वटा दाबीको ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।
तेस्रोमा सानिमा जीआईसी इन्स्योरेन्समा धेरै दाबी परेको छ । यो कम्पनीमा १०२ वटा दाबीको २ अर्ब १० करोड २८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।
त्यस्तै, ३८ वटा दाबी परेको युनाइटेड अजोडमा चार अर्ब १७ करोड ४८ लाख रुपैयाँको दाबी परेको छ । अन्य मुख्य कम्पनीहरूमा सिद्धार्थ प्रिमियरमा एक अर्ब ८८ करोड, शिखर इन्स्योरेन्समा एक अर्ब ८७ करोड, हिमालयन एभरेष्टमा ६४ करोड ३८ लाख, नेको इन्स्योरेन्समा ५१ करोड ७० लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ वटा बीमालेखको २४ करोड २३ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको तथ्यांक छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १८ करोड ७३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ११ करोड ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ३ करोड १२ लाख रुपैयाँ बराबरको क्षतिको दाबी पर्ने उल्लेख छ ।
राष्ट्रिय बिमा कम्पनीमा ७६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा ५३ लाख ३५ हजार रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा ५ लाख रुपैयाँको दाबी पर्नसक्ने बताइएको छ ।
क्षेत्रगत रूपमा हेर्दा बाढीले सबैभन्दा धेरै क्षति जलविद्युत आयोजना र ठूला पूर्वाधार (इन्जिनियरिङ क्षेत्र) मा पुर्याएको देखिन्छ । यस क्षेत्रमा मात्रै २० अर्ब ५० करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ । यस्तै, घर तथा सम्पत्ति बीमातर्फ दुई अर्ब ३४ करोड र मोटर बीमातर्फ एक अर्ब ५५ करोड रुपैयाँको दाबी परेको प्राधिकरणले जनाएको छ ।
यस्तै, परिवहन बिमाअन्तर्गत ४७ वटा बीमालेखको ८९ करोड ७७ लाख रुपैयाँ, अन्य बिमाअन्तर्गत ५४ वटा बीमालेखको ५२ करोड ९२ लाख रुपैयाँ र स्वास्थ्य बिमाअन्तर्गत ४ वटा बीमालेखको ४ करोड १६ लाख रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ ।





प्रतिक्रिया